गोरामुमोको लङभ्यु चियाबारीमा सांगठनिक सभा

खरसाङ: गोरामुमो पंखाबारी गिद्दे पहाड समष्टि अन्तर्गत लङभ्यु चियाबारी नयाँ लाईन गाउँमा सांगठनिक सभा सन्नी लामाको अध्यक्षतामा सम्पन्न भयो। सभामा पंखाबारी गिद्दे पहाड समष्टिका मुल सचिव सुबोध पाखरिन, एचपीडब्लूयु खरसाङ ब्राञ्च कमिटीका उपसभापति बिरेन्द्र छेत्री, समष्टि युवा मोर्चाका कन्भेनर सुजित छेत्री, लङ्भ्यु शाखा युवा एकाईका कन्भेनर प्रदिप थिङको उपस्तिथिमा बसेको सभामा पार्टी अध्यक्ष मन घिसिङको निर्देशन अनुसार राजनैतिक गतिविधि एवं सांगठनिक विस्तारलाई तीव्र पार्नको निम्ति व्यापक छलफल गरियो। लङ्भ्यु शाखाका प्रतिनिधिहरुलाई लिएर बसेको सांगठनिक सभामा प्रत्येक क्षेत्रमा संगठनलाई बलियो बनाउनको निम्ति प्रतिनिधिहरुले अब आफ्नो कार्यलाई तीव्रता दिने प्रस्ताव पारित गर्दै चियाबारीहरुमा पनि संगठनलाई अझ दह्रिलो बनाउनु पर्ने साथै जनताको घर दैलो अभियान थाल्ने प्रस्ताव पारित गरियो । समष्टि सचिव सुबोध पाख्रीनले सभालाई सम्बोधन गर्दै भने, वर्तमान समय पहाडमा केवल शक्ति प्रदर्शन गर्ने होडमा छ, त्यसबाट हामी बाँच्नु पर्छ जाति र माटोको उन्मुक्तिको निम्ति कार्य केवल हरियो झण्डाले मात्र गर्छ । मुद्दा सबै थन्क्याएर राज्य सरकारलाई खुशी पार्ने राजनैतिक पार्टीहरु देखि जनता होसियार हुनपर्छ। यो समयमा राजनीति अनि झण्डा हेर्नु हुँदैन तर कुन दलले हाम्रो जाति र माटोको उन्मुक्तिको निम्ति कार्य गर्दैछ जनताले त्यस दललाई साथ दिन जरुरी रहेको तिनले बताए।  तिनले बताए अनुसार सर्वप्रथम हाम्रो जातिको उन्मुक्ति हुनु जरुरी छ त्यसपछि राजनीति गर्दा हुन्छ भनी जनतालाई अपिल गरे। पार्टी अध्यक्ष मन घिसिङसहित अन्य गठबन्धन दलका प्रतिनिधिहरूको टोलीले गोर्खा जातिको निम्ति गृह राज्यमन्त्री साथै गृहमन्त्री अनित शाहसित बसेको बैठक सफल भएकोमा बधाई दिँदै, अब दार्जिलिङ पहाड, तराई, डुवर्सको स्थायी राजनैतिक समाधान चाँडै हुने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *