गोरामुमोको मिरिकमा पोस्टरिङ: गृहमन्त्री अमित शाह र सांसद राजु विष्टप्रति आभार प्रकट

मिरिक: गोर्खाहरूको समस्यालाई केन्द्र गरेर आगामी 12 अक्टोबरको दिन दिल्लीमा त्रिपक्षीय वार्ता हुनेबारे चिट्ठी आएपछि यता दार्जीलिङ तथा कालेबुङ पहाडभरि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले खुशी व्यक्त गर्दै पोस्टरिङ गरेको छ। यसैक्रममा आज गोरामुमो मिरिक ब्राञ्च कमिटीले पनि मिरिक बजार तथा कृष्णनगरमा व्यापक रूपमा पोस्टरिङ गर्दै स्थायी राजनैतिक समाधानको लागि अब ढोका खोलीदिएको छ भन्दै गृहमन्त्री अमित शाह अनि सांसद राजु विष्टप्रति आभार व्यक्त गरेको छ। यस अवसरमा गोरामुमो ब्राञ्च अध्यक्ष महेन्द्र खड्काले भने, हिजो बेलुकी वार्ताको चिट्ठी आएपछि हामीलाई धेरै खुशी लागेको छ। वार्ताले गोर्काहरूका लागि सकारात्मक पहल गर्नेछ भन्ने कुरामा हामी आशावादी छौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *