गोरामुमोको सांगठनिक सभा

सुकेपोखरी: गोरामुमो पोख्रेबुङ नागरी समष्टि अन्तर्गत मलट शाखाका 9 वटा प्रशाखालाई लिएर सांगठनिक सभा सम्पन्न भयो।गोरामुमोले सबै शाखा-प्रशाखामा हाल सांगठनिक विस्तार तीब्र गतिमा अघि बडाउँदै आफ्नो राजनैतिक अभियान जारी राखेको छ। केन्द्रीय सदस्य किशोर राईको सभापतित्वमा सम्पन्न सभामा पार्टीको सांगठनिक विषय लगायत पहाडको वर्तमान राजनीतिबारे चर्चा परिचर्चा गरिएको पार्टी सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *