गोरामुमोको श्रमिक संगठनका नेता डीके गुरूङ लगायत अन्य हाम्रो पार्टी-मा सामेल

दार्जिलिङ : गोरामुमोको श्रमिक संगठन हिमालयन प्लान्टेसन वर्कर्स युनियनका केन्द्रीय सदस्यहरूले आज हाम्रो पार्टीका प्रमुख तथा गोरामुमोका पूर्व दार्जिलिङ जिल्ला अध्यक्ष अजय एडवर्डसित भेट गरे। यस अवसरमा गोरामुमो श्रमिक संगठनका केन्द्रीय कार्यकारी अध्यक्ष डीके गुरूङ लगायत अन्य केही शीर्ष केन्द्रीय नेतृत्वहरूले आफ्नो पार्टी त्यागेर एडवर्डको नयाँ राजनैतिक दल हाम्रो पार्टीलाई समर्थन जनाए। अर्कोतिर, पार्टी प्रमुख एडवर्डले अति खुसी व्यक्त गर्दै केही समयको निम्ति परिवारबाट अलग भए तापनि फेरि यसरी एउटै परिवारमा भेट हुन पाएकोमा खुसी व्यक्त गर्दै तिनीहरूलाई आफ्नो दलमा स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *