गोरामुमो खरसाङ शाखाको सांगठनिक सभा

खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ शाखाको सांगठनिक सभा यहाँको गोर्खा जन पुस्तकालयमा निमा लामाको अध्यक्षतामा सम्पन्न भयो। पार्टी सूत्रले दिएको जानकारी अनुसार खरसाङ महकुमा शाखाको पाँचवटा समष्टिहरुका प्रतिनिधिहरुलाई लिएर सम्पन्न आजको सभामा गोरामुमो पार्टीको भावी कार्यक्रम तथा रणनीतिलाई लिएर व्यापक चर्चा-परिचर्चा गरियो।


उक्त सभामा गोरामुमो केन्द्रीय प्रवक्ता महेन्द्र छेत्री, खरसाङ शाखा अध्यक्ष निमा लामा, सचिव युद्ध छेत्री, केन्द्रिय सदस्य पारस गुरुङ, आईएन प्रधान, प्रसार प्रचार सचिव भुपेन गुरुङ, नारी तथा युवा सङ्गठनका प्रतिनिधिहरु, हिमालयन प्लान्टेसन वर्कस युनियनका प्रतिनिधिगण अनि भूतपुर्व सैनिक संगठनका प्रतिनिधिहरु उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *