गोरामुमो खरसाङ ब्राञ्च कमिटीद्वारा सोनादा टुङ समष्टिमा खाद्य सामग्री वितरण

सोनादा : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीले अध्यक्ष मन घिसिङको निर्देशनमा वर्तमान कोरोना महामारीको समयमा आफ्नो समाजिक सेवा अभियानलाई तीव्र पारेको छ। ब्राञ्च अध्यक्ष निमा लामाको अगुवाईमा ब्राञ्च कमिटी अन्तर्गत पर्ने समष्टिहरूमा भ्रमण कार्यलाई जारी राख्दै हिजो सोनादा टुङ समष्टि अन्तर्गत पर्ने सोनादा गोराबारी, मार्ग्रेटहोप चियाबारी अनि नेहुर बालासन भ्रमण गरेको गोरामुमो मिडिया सेल प्रभारी दिनेश साम्पाङले जानकारी दिएका छन्। ब्राञ्च अध्यक्ष निमा लामाको टोलीले सोनादा गोराबारीमा होम क्वारेन्टाइनमा बसेका 12 घर-परिवारको लागि राहत स्वरुप खाद्य सामग्री, मास्क अनि सेनिटाइजर गोरामुमो केन्द्रीय सदस्य आनन्द राईलाई हस्तान्तरण गर्यो। यस सहयोगको निम्ति आनन्द राईले अध्यक्ष मन घिसिङ अनि ब्राञ्च अध्यक्ष निमा लामालाई आभार व्यक्त गरेका छन्। यसै क्रममा मार्ग्रेटहोप चियाबारीमा 14 घर परिवारलाई खाद्य सामाग्री अनि मास्क वितरण गर्दै निमा लामाले कोरोना भाइरसको प्रकोपबाट बाँच्नको निम्ति जनचेतना मूलक सन्देश दिँदै मास्क अनिवार्य रूपमा लगाउने सबैसित अपील पनि गरे। यसैगरी, नेहुर बालासनमा कोरोना संक्रमण धेरै बढेकोले ब्राञ्च अध्यक्ष निमा लामाले उक्त क्षेत्रमा सेनिटाइज गर्नको निम्ति सेनिटाजर मसिन, रासायनिक हाइपोक्लोराइट सलुसन, पीपीई किट्समास्क साथै होम क्वारेन्टाइन अनि होम आइसोलेसनमा बसेर उपाचार गराइरहेका 75 घर परिवारहरूको लागि खाद्य सामग्री खरसाङ ब्राञ्च कमिटीका उपाध्यक्ष स्थानीय नेहुर बालासन निवासी सुरेन तामाङलाई हस्तान्तरण गरे। यस सहयोगको निम्ति अध्यक्ष मन घिसिङ, निमा लामा अनि तिनको टोलीलाई नेहुर बालासनका स्थानीय बासिन्दाहरूको तर्फबाट सुरेन तामाङले आभार व्यक्त गर्दै धन्यवाद दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *