गोरामुमो खरसाङ शाखाद्वारा तीनधारे क्षेत्रमा दबाई लगायत राहत सामग्रीहरू वितरण

खरसाङ : गोरामुमो खरसाङ शाखाको पहलमा तीनधारे सुकना समष्टिमा कोरोना पीडित परिवारलाई भेट गर्नको साथै महानदी, घुम्ती, सिविटार, नयाँ कमान, सिमरिङ आदि विभिन्न गाउँमा खरसाङ शाखा अध्यक्ष निमा लामा, सचिव युद्ध छेत्री, समष्टिका सभापति जेबी गुरूड, सचिव प्रमोद थापा, भुषान देवान, बिरेन्द्र छेत्री, कमला राई, सुधा सुब्बा आदिको एउटा टोलीले भ्रमण गरेर आवश्यक राहत सामग्री साथै दवाई, सेनीटाइजर, माक्स आदि वितरण गरेका छन्। विशेष गरी कोरोना सङ्क्रमित भएका परिवारलाई यतिबेला घरमा खाद्यन्न जुटाउन तथा दवाई-औषधीको जोगाड़ गर्न निक्कै असुविधा भइरहेको स्थितिलाई ध्यानमा राखेर गोरामुमोले यस प्रकारको सेवा अभियान चलाएको बताउँदै तीनधारे महानदी समष्टि अन्तर्गतका यी गाउँहरूमा पुगेर पार्टी प्रतिनिधिहरूले यहाँका 150 परिवारलाई राहत सामाग्रीहरू लगायत दबाई अनि अन्य आवश्यक सामाग्रीहरू वितरण गरेको थप जानकारी प्राप्त भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *