गोरामुमो मङपु लाब्दा समष्टिको सांगठनिक सभा

मङपु : गोरामुमो मङपु लाब्दा समष्टिको सांगठनिक सभा मङपु गोरामुमो पार्टी कार्यलयमा आज सप्पन्न भयो। आजको सभामा गोरामुमो खरसाङ ब्रान्च समिति अध्यक्ष निमा तामाङ, मङपु लाटपन्चर समष्टि सभापति देवलाल मोक्तान, सचिव प्रदीप सुब्बा लगायत पार्टीका सदस्यहरू उपस्थित थिए। सभापछि पत्रकारलाई सम्बोधन गर्दै गोरामुमो खरसाङ ब्रान्च कमिटी सभापति निमा तामाङले भाजपाले 2019-को लोकसभा अघि चुनाउ मेनिफेस्टुमा राखेको पहाडको स्थायी राजनैतिक समाधानको कुरा आगामी 2021-को बंगालको विधानसभा चुनाउअघि पुरा गरेको हुनुपर्ने बताए।


यसरी आज नै गोरामुमोले विधानसभा चुनाउ अघि भाजपाले मेनिफेस्टोमा दिएको स्थायी राजनैतिक समाधान पुरा गर्नुपर्ने माग गर्दै मङपुको विभिन्न क्षेत्रमा पोस्टरिङ गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *