गोरामुमो मिरिक समष्टिको साङ्गठनिक सभा

मिरिक : गोरामुमो मिरिक समष्टिले आज समष्टि कार्यालयमा एउटा साङ्गठनिक सभा समष्टि अध्यक्ष एमके पाख्रिनको अध्यक्षतामा सम्पन्न गर्यो। सभामा अब सक्रिय रूपले सङ्गठन विस्तार र जनसम्पर्क अभियान अघि बढाउने अनि जनतालाई जागृत गराउने निर्णय गरेको टाउन प्रमुख विधान राईले बताए। उक्त सभामा गोरामुमो मिरिक ब्राञ्च उपाध्यक्ष जेबी लिम्बु, ब्राञ्च सचिव बुद्ध तामाङ, सहसचिव आलोक गुरुङ, शोभनाथ शर्मा, डीबी घिसिङ, दुर्गा प्रसाद गुप्ता, दीपक गजमेर, पीएस राणा, पाण्डु तामाङ, नेडुप तामाङ, नारद राई, समशेर तामाङ  र राजु बम्जन आदि विशेष रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *