गोरामुमो नयाँ नोर ग्राम कमिटी गठन

बिजनबारी: पार्टीलाई थप बलियो तथा सुदृढिकरण गर्ने उद्देश्य लिएर गोरामुमो पुल बिजनबारी समष्टि अधीनस्थ नयाँ नोर ग्रामको नयाँ कमिटी आज गठन गरियो। सभामा ग्राम सभापतिको रूपमा देउ बहादुर सुब्बा, सचिव जीवन प्रधान लगायत 25 जनाको ग्राम कमिटी चयन गरिएको समष्टि प्रचार प्रसार सचिव अमोद लकान्द्रीले जानकारी गराएका छन्। सभामा समष्टि सभापति मोहन सिंह सुब्बा उपसभापति गायस सुब्बा, सचिव सुरेन गुरुङ, अशिम सुब्बा, श्याम राई, सरत सुब्बा, पदम कुमार राई, बुद्ध राई लगायत समष्टि भरिका युवाहरूको बाक्लो उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *