गोरामुमो नेता सोमनाथ शर्माले दिए पदबाट राजीनामा

मिरिक: गोरामुमोका वरिष्ट नेता सोमनाथ शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्।पार्टीको मिरिक ब्राञ्च कमिटीका सदस्य एवं मिरिक समष्टि उपाध्यक्ष शर्माले राजीनामा दिनुको कारण व्यक्तिगत व्यस्तता रहेको बताएका छन्। तिनले आज यसबारे जानकारी दिँदै राजीनामा पत्र पार्टीको मिरिक ब्राञ्च कमिटी अध्यक्ष महेन्द्र खडकालाई पठाई सकेको बताए । तथापि सोमनाथ शर्माले पार्टीको एकजना साधरण सदस्यको रूपमा बस्ने बताउँदै आफ्नो जाति र माटोको लागि सदा साथ दिने प्रतिबद्धता जाहेर गरेका छन् । आफु अन्य कुनै दलमा सामेल नहुने तिनले दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *