गोरामुमो पुल बिजनबारी समष्टिको सांगठनिक सभा

बिजनबारी: संगठनलाई अझ मजबुत बनाउने उद्देश्य लिएर गोरामुमो पुल बिजनबारी समष्टिको एउटा सांगठनिक सभा बिजनबारी नेपाली धर्मशालामा समष्टि सभापति मोहनसिंह सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। समष्टि अधीनस्थ 5 वटा ग्राम कमिटीका सदस्यहरूको विशेष उपस्थितिमा सम्पन्न सभामा संगठनलाई कसरी जमिनी स्तरमा मजबुत बनाउने भन्ने विषयमा चर्चा परिचर्चा गरियो। समष्टि सचिव सुरेन गुरुङले सञ्चालित गरेको सभामा युवा मोर्चा सभापति बिजय सुब्बा, उपसभापति गायेस सुब्बा, आरसी गुरुङ लगायत अन्यले सम्बोधन गरेका थिए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *