गोरामुमो पुल बिजनबारी समष्टिको सांगठनिक सभा सम्पन्न

बिजनबारी: पार्टीलाई जमिनी स्तरमा अझ बलियो बनाउने उद्देश्य लिएर गोरामुमो पुल बिजनबारी समष्टिको सांगठनिक सभा गोक दुई ग्राम अन्तर्गत कोलबुङमा आज सम्पन्न भयो। एनके खवासको अध्यक्षतामा सम्पन्न सभामा दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एडवर्डले गाउँको बाटोलाई खोल्न डोजर प्रदान गरेकोमा तिनीप्रति आभार प्रकट गरियो।


अर्कोतिर, दार्जिलिङ पहाडको स्थायी समाधानतर्फ सांसद विष्टले काम गरिएको साथै आउँदो 2021-को विधानसभा चुनाउ अघि नै भाजपाले संकल्प पत्रमा उल्लेखित वचन पुरा गर्नेबारे आफूहरू आशावादी रहेको समष्टि उपसभापति गायेस सुब्बाले बताए। सभामा स्थानीय लोअर कोलबुङबाट केही युवाहरू पार्टीमा सामेल भएको तिनले बताए। सभामा समष्टि उपसभापति गायेस सुब्बा लगायत सचिव सुरेन गुरुङ, युवा सभापति विजय सुब्बा, स्थानीय नेता, कार्यकर्ताहरूको उपस्तिथि रहेको प्रचार प्रसार सचिव अमद लकान्द्रीले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *