गोरामुमो पुल बिजनबारी समष्टिका नेताहरूद्वारा सामूहिक राजीनामा

बिजनबारी : गोरामुमो पार्टीबाट राजीनामा दिने क्रम एकपछि अर्को गर्दै लगातार जारी रहेको छ। यसै क्रममा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा पुल बिजनबारी समष्टिका पदाधिकारीहरूले पनि आज आफ्नो पद तथा पार्टीबाट राजीनामा दिएका छन्। प्राप्त जानकारीअनुसार गोरामुमो पुल बिजनबारी समष्टिका सभापति विजय सुब्बा, मूल सचिव सुरेन गुरूङ, सह सचिव असीम सुब्बा, उप सभापति पूरण जैरू, दार्जिलिङ ब्राञ्च गोरायुमो सदस्यहरू सुमन सुब्बा, विदेन प्रधान, मित्छेन तामाङ, सम्पूर्ण राणा लगायत अन्य नेताहरूले लिखित रूपमा पार्टीबाट राजीनामा दिएका छन्।


तिनीहरूको भनाइ अनुसार समष्टि स्तरीय गुटबन्दी साथै पार्टीमा भइरहेको मनमुटाव बारे केन्द्र स्तरमा कुनै कार्य नभएकोले गर्दा नै पार्टी छोडेको हो भन्ने सामूहिक राजीनामा पत्रमा बताइएको छ।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *