गोरामुमो रिम्बिक लोधोमा समष्टिको सभा

रिम्बिक: गोरामुमो रिम्बिक लोधोमा समष्टिले संगठनलाई अझ बलियो बनाउने उद्देश्य लिएर लोधोमा सार्वजनिक भवनमा आज एउटा महत्वपूर्ण सभा सम्पन्न भयो। उक्त सभामा आउँदो विधानसभा चुनाउलाई केन्द्र गरेर समष्टिभरिका 29 वटा बुथ कमिटी गठन गरियो। नरदेव राईको अध्यक्षता सम्पन्न सभामा समष्टिभरिका सबै शाखा प्रशाखाका प्रतिनिधि, समष्टि सभापति एवम् दार्जिलिङ ब्रान्च सचिव सन्दीप लिम्बु, समष्टि सचिव सुभाष लिम्बु लगायत समष्टि कमिटीका प्रतिनिधिहरू उपस्थित थिए। सभामा समष्टिका कर्मठ सदस्य बीर बहादुर राईलाई सम्मान जनाइयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *