गोरामुमो सोनादा टुङ समष्टिको साङ्गठनिक सभा सम्पन्न, को-अर्डिनेसन कमिटी गठन

सोनादा : गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो साङ्गठनिक सभालाई तीव्र पार्दै शाखा प्रशाखाहरू गठन गरिरहेको छ। यसै क्रममा सोनादा टुङ समष्टि अन्तर्गत  दिलाराम बामनधुरामा एउटा महत्वपूर्ण सभा सम्पन्न भयो। समष्टि अध्यक्ष मदन छेत्रीको सभापतित्वमा सम्पन्न सभालाई सन्तोष सुब्बाले सञ्चालन गरेका थिए। उक्त सभामा गोरानासं केन्द्रीय समिति सदस्या अमृता छेत्री, समष्टि सदस्य पदम बहादुर राई, गोरायुमो खरसाङ ब्राञ्च कमिटी सदस्य प्रभात थापा, सुवास बम्जन, मुन्ना लामा लगायत पार्टी कार्यकर्ताहरू उपस्थित थिए। सभामा दिलाराम, चटकपुर, राजाहट्टा, आठ माइल, गोराबारी क्षेत्रलाई लिएर एउटा को-अर्डिनेशन कमिटी गठन गर्ने निर्णय लिइयो। आगामी 23 अगस्त खरसाङ ब्राञ्च कमिटीको आयोजनामा गोर्खा नागरिकता मान्यता दिवस समारोहमा सहभागिता जनाउने साथै 31 अगस्तको दिन राष्ट्रिय गोर्खा बनबो महोत्सव दार्जिलिङको चौरस्तामा सम्पन्न हुन गइरहेको कार्यक्रमलाई सफल तुल्याउन समष्टिबाट आफ्नो सहभागिता जनाउने सभामा अनुरोध गरियो। उक्त सभामा को-अर्डिनेसन कमिटी गठनलाई लिएर चर्चा परिचर्चा गरेपछि एउटा संयुक्त कमिटी गठन गरियो। जसमा सभापतिमा रमेश राई, उप सभापति शंकर तामाङ, सुरेश गुरूङलक्ष्मण राई, सुवास प्रधानलाई चयन गरियो। यसैगरी, सचिवामा रञ्जना राई, सह-सचिवा  कञ्चन तामाङ, मनोज मोहरा,  रिवज तामाङसरिता लामा, समीर छेत्री, कोषाध्यक्षामा रूपा तामाङ र लक्ष्मी छेत्री, प्रमुख सल्लाहकारमा अमृता छेत्री अनि पदम बहादुर राई, कार्यकारणी सदस्यहरूमा विकास राई, रमेश तामाङ, टाशी डुक्पा, चम्पा तामाङलाई चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *