गोरामुमो सौरेनी समष्टिको एउटा साङ्गठनिक सभा सम्पन्न

मिरिक : गोरामुमो सौरेनी समष्टिको एउटा साङ्गठनिक सभा सौरेनी समष्टि कार्यालयमा आज सम्पन्न भयो। गोरामुमो केन्द्रीय समिति सदस्य तथा मिरिक महकुमा समिति सदस्य जेबी लिम्बुको उपस्थितिमा सम्पन्न सभालाई समष्टि महासचिव सञ्जय सुब्बाले सञ्चालन गरेका थिए। सौरेनी समष्टि कार्यकारी सभापति गणेश प्रधानको सभापतित्वमा उक्त सभा सम्पन्न भएको समष्टि प्रवक्ता एनबी लिम्बुले बताए। उक्त सभामा विशेष गोरामुमोले युवा जमातलाई सशक्तिकरण गरेर लैजाने अनि समष्टिका युवावर्गलाई पार्टीमा सामेल गराएर सङ्गठनमा युवा शक्ति बलियो बनाउने निर्णय गरियो। यसको साथै सभाले आगामी दिसम्बर महिनाको पहिलो सातातिर एउटा विराट सभा आयोजना गर्ने निर्णय गरेको तिनले बताए। समष्टिको गोर्खा राष्ट्रिय युवा मोर्चालाई अझ सशक्त बनाउन सिङ्गबुली चियाबारीका निश्चल थापालाई युथ को-अर्डिनेटरको रूपमा सर्वसम्मतिले चयन गरेको लिम्बुले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *