गोरामुमो तल्लो समरीपानीको शाखा साथै बुथ गठन

सुकेपोखरी : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा तल्लो समरीपानी 17 नम्बर शाखाको सभा कमल राईको अध्यक्षतामा आज सम्पन्न भयो । विनोद गुरूङले सञ्चालन गरेको सभामा आगामी विधानसभा चुनाउबारे चर्चा साथै समरीपानी शाखा एवं बूथ कमिटी गठन गरियो । नवगठित शाखा समितिमा अध्यक्ष अरूण राई, उपाध्यक्ष रजत मगर, सचिव विनोद गुरूङ, सहसचिव रबिन छेत्री, कोषाध्यक्ष सूरज गुरूङ प्रमुख सल्लाहकार कमल राई लगायत अन्यलाई चयन गरिएको छ। यसको साथै 14 जना प्रतिनिधि लिएर बूथ कमिटी गठन गरिएको छ । नवगठित समितिले पार्टीको आचार संहितालाई आत्मसाथ गर्दै आगामी कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरेको पोख्रेबुङ नागरी समष्टि प्रवक्ता अभिनय गुरूङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *