गोरामुमो टोलीद्वारा मिरिकको बीडीओ-लाई भेटेर स्वागत

मिरिक : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्राञ्च कमिटीको तर्फबाट आज एउटा टोलीले मिरिकका नयाँ खण्ड विकास अधिकारी (बीडीओ)-लाई तिनकै कार्यालयमा पुगेर स्वागत जनाए। मिरिकका नयाँ खण्ड विकास अधिकारी श्रेयाश्री मित्रलाई तिनको कार्यालयमा भेट गरेर स्वागत जनाउनको साथै खदा-माला लगाइ दिएको प्रतिनिधिका टोली प्रमुख गोरामुमो मिरिक ब्राञ्च अध्यक्ष महेन्द्र खडकाले जानकारी दिएका छन्। तिनले बताए अनुसार भेट अवधि नयाँ नयाँ खण्ड विकास अधिकारीलाई पार्टीको तर्फबाट स्वागत जनाउनको साथै तिनीसित सौहार्द्रपूर्ण कुराकानी गरे। आजको प्रतिनिधि टोलीमा गोरामुमो मिरिक ब्राञ्च अध्यक्ष महेन्द्र खडका, गोरामुमो भूतपुर्व सैनिक संगठन केन्द्रिय कमिटीका उपाध्यक्ष समिर तामाङ, गोरामुमो मिरिक ब्लक कमिटी सचिव सुजित तामाङ, गोरामुमो मिरिक ब्राञ्च सदस्यहरु जीवन वाग्दी, एसबी तुम्रोक,कार्यालय सचिव सहदेव रणपहेली आदि सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *