गोरामुमो टोलीद्वारा नेहुर बालासनको विभिन्न क्षेत्रमा गएको पैह्रोको निरीक्षण

सोनादा: निम्न सोनादा नेहुर बालासान बीच गाउँ निवासी जयन्ती मंगर भाग्यले आफ्नो ज्यान बचाउन सफल भएकी छन् । अविरल बर्षाको कारण राति घर माथिबाट पैह्रो आएर घर क्षतिग्रस्त भएको गोरामुमो खरसाङ ब्राञ्च कमिटीका उपाध्यक्ष सुरेन तामाङले जानकारी दिएका छन् । उक्त घर गत दुई वर्ष अघि गुरुङ बोर्डबाट निर्माण गरिएको थियो। यसै क्रममा गोरामुमो खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष निमा लामाको टोलीले नेहुर बालासनका विभिन्न क्षेत्रमा गएको पैह्रोको निरीक्षण गरे। बालासनमा भल पैह्रोको कारणले धेरै क्षति भएको निमा लामाले जानकारी दिँदै भने, हामीले सबै क्षेत्रमा निरीक्षण गरेका छौँ अनि आपतकालीन सहयोगको निम्ति तारपोलिन प्रदान गरेका छौँ।


सम्बन्धित विभागहरुले यस क्षेत्रमा निरीक्षण गरेर पीडित परिवार साथै पैह्रो गएको क्षेत्रहरुमा सरकारद्वारा प्राप्त साहुलियत चाँडै प्रदान गर्न सके राम्रो हुनेछ साथै गोरामुमो खरसाङ ब्राञ्च कमिटीको तर्फबाट सम्बन्धित विभागहरुले यथाशीघ्र सहयोग गरिदिने अपिल गर्दछौं भनी निमा लामाले अपिल समेत गरेका छन् । हामीले जयन्ती मंगरको क्षतिग्रस्त भएको घर पनि निरीक्षण गरेका छौँ तिनको आर्थिक अवस्था कमजोर रहेकोले गुरुङ बोर्डले तिनको घर चाँडै मरमति गरिदियोस् भनी हामी गुरुङ बोर्डलाई अपिल गर्दछौं। यस विषयलाई लिएर सांसद अनि विधायकलाई पनि जानकारी गराउने निमा लामाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *