गोरामुमो टोलीद्वारा पैह्रो क्षेत्रको निरीक्षण साथै तारपोलिन वितरण

दार्जिलिङ: गोरामुमो आपदा प्रबन्धन समितिले हाल अविरल बर्षाको कारण विभिन्न क्षेत्रमा गएको भल पैह्रोले क्षतिग्रस्त क्षेत्रमा भ्रमण गरेर आपतकालीन सेवा पुर्‍याउँदै समष्टिहरुमा तारपोलिन वितरण गरिरहेको छ। यसै क्रममा लेबोङ भेल्ली समष्टि अन्तर्गत बदामताम शाखामा गोरामुमो आपदा प्रबन्धन समितिले आपतकालीन सेवाको निम्ति तारपोलिन वितरण गरेको नारी मोर्चा दार्जिलिङ ब्राञ्च कमिटीका सचिव स्थानीय रिना राईले जानकारी दिएका छन्। यसको निम्ति पार्टी अध्यक्ष मन घिसिङ, विधायक निरज जिम्बा अनि दार्जिलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डस अनि गोरामुमो आपदा प्रबन्धन समितिलाई बदमताम शाखाको तर्फबाट आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *