गोरामुमो टोलीद्वारा पीडित परिवारसित भेटेर राहत सामग्रीहरू प्रदान

दार्जिलिङ: गत 13 सितम्बरको राति आगलागी हुँदा घरसहित आफ्नो सर्वस्व गुमाएकी ऋषिहाट खसमल अडुक गाउँ निवासी श्रीमती लाकित लेप्चा (तामाङ) को जलेको घरमा पुगेर गोरामुमो टोलीले पीडित परिवारका सदस्यहरूसित भेट गर्नको साथै राहत सामग्रीहरू प्रदान गऱ्यो। उक्त गोरामुमो टोलीमा पार्टी प्रवक्ता वाई लामा, ब्राञ्च प्रवक्ता संजोक गुरुङ, समष्टि सभापति किशोर राई, सुवर्ण राई, ओंग्देन् लेप्चा साथै समष्टिका कार्यकर्ताहरु उपस्थित थिए। उक्त भेटघाट अवधि पीडित परिवारलाई दार्जिलिङका विधायक निरज जिम्बाद्वारा पठाइएको राहत सामग्रीहरू प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *