गोरामुमो रिम्बिक लोधोमा समष्टिको सांगठनिक सभा

रिम्बिक: पार्टीको भावी रणनीतिलाई जनमानसमक्ष पुर्‍याउने उद्देश्य लिएर गोरामुमो रिम्बिक लोधोमा समष्टिको पहलमा आरसी गुरुङको सभापतित्वमा  लामा गाउँ क्लस्टर भवनमा आज एउटा सभा सम्पन्न भयो। बसन्त भट्टराईको स्वागत भाषणबाट शुरू भएको कार्यक्रममा दार्जिलिङ ब्राञ्च सचिव सन्दिप लिम्बूले पहाड़को भविष्य अन्धाकार पार्नेलाई कुनै हालतमा पार्टीले माफी नदिने बताए। यसैगरी, युवा एकाई सभापति सुजय राईले सम्पूर्ण शिक्षित युवाहरूलाई संगठनमा सामेल हुने आग्रह गरे। सभामा मुख्य रूपमा पार्टीको सांगठनिक कार्यक्रमबारे छलफल गरियो। सभामा समष्टिको सबै शाखा प्रशाखाका प्रतिनिधिहरू धेरै संख्यामा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *