गोरानासं-को सांगठनिक सभा

दार्जिलिङ : गोर्खा राष्ट्रिय नारी संगठनले दार्जिलिङ महकुमाको विभिन्न समष्टिमा आफ्नो सांगठनिक गतिविधिहरु शुरू गरेको छ। गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशलाई शिरोपर गर्दै नारी संगठनले शाखा-प्रशाखाहरुमा सांगठनिक गतिविधिहरु तीव्र पार्दै गाउँ बस्ती अनि चियाबारीहरुमा गएर जनतालाई अब केवल गोरामुमो मात्र जाति र माटोको उन्मुक्तिको निम्ति लागीपरेको एक मात्र दल हो भन्दै घर दैलो अभियान गरिरहेको पार्टी सूत्रले जनाएको छ।


यसै क्रममा, मरिबुङ्ग शाखा, लिङ्गिया शाखा अनि तामसाङ शाखालाई लिएर मेरिबोङ पार्टी कार्यालय गुम्बा डाँडामा हिजो सांगठनिक सभा सम्पन्न भयो। अन्जिला तामाङको सभापतित्वमा सम्पन्न उक्त सभामा शाखा-प्रशाखाका प्रतिनिधिहरुको उपस्थितिमा वर्तमान पहाडको राजनैतिक गतिविधिहरुलाई लिएर व्यापक चर्चा परिचर्चा गरिएको बताइएको छ। यस अवसरमा तीनवटा शाखालाई अझ बलियो बनाउनको निम्ति कार्यकारी समितिमा नयाँ प्रतिनिधिहरुलाई पनि चयन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *