गोरायुमोद्वारा आपतकालीन सहयोग पुर्‍याउँदै तारपोलिन वितरण

दार्जिलिङ: विधायक निरज जिम्बाको सहयोगमा दार्जिलिङ नगरपालिका अन्तर्गत विभिन्न वार्डमा बर्षाको कारण गएको पैह्रोलाई रोक्नको निम्ति आपतकालीन सहयोग पुर्या उँदै तारपोलिन वितरण गरिने कार्य जारी राखेको छ। यसैक्रममा वार्ड नम्बर 8 भिक्टोरिया रोड कल्याण ग्राम निवासी कृष्ण पाण्डेको घर नजिक पैह्रो गएको कारण तिनको घरलाई धेरै खतरा भएपछि तिनले सामाजिक सञ्जालको माध्यमद्वारा सूचना दिएपछि गोरायुमो दार्जिलिङ ब्राञ्च कमिटी सदस्य बिनम मुखिया, सागर मुखिया, रिता तामाङको टोलीले उक्त क्षेत्रमा भ्रमण गर्दै पैह्रो गएको क्षेत्रमा तारपोलिन बिछ्याइ दिएको छ। यसको निम्ति कृष्ण पाण्डेले आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्। बिनम मुखियाले यसबारे जानकारी दिँदै तारपोलिन बाँडेको खबरहरु मिडियामा दिनुको मुख्य कारण यसबारे सबैलाई जानकारी होस् साथै त्यहीँ माध्यमद्वारा बिपन्न परिवारले आफुहरूलाई सम्पर्क गर्न सकोस् अनि आफुहरूले पनि आपतकालीन सहयोग पुर्‍याउन सकौ भनी तिनले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *