गोरायुमो खरसाङद्वारा सोनदाको विभिन्न ठाउँहरूमा सेनिटाइज साथै मास्क वितरण

सोनादा: दार्जिलिङ पहाडको विभिन्न क्षेत्रमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै गोरामुमोले सेनिटाइज गरिने कार्यलाई तीव्र पारेको छ। गोरायुमो खरसाङ ब्राञ्च कमिटीका सिद्धान्त थापाले जानकारी दिए अनुसार हिजो गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशलाई पालन गर्दै सोनादा 11 माईलदेखि राष्ट्रिय राज मार्ग 55 मा बाटो माथि अनि बाटो मुनिका सबै घरहरु लगायत गुम्बा, सोनादा पेट्रोल पम्प, खोङखोला क्षेत्र, सोनादा स्टेट ब्याङ्क अनि सोनादा बजारसम्म सेनिटाइज गरियो। यसको साथै तिनीहरूले मानिसहरूलाई मास्क पनि वितरण गरे। सेनिटाइजको लागि मशिन अनि अन्य सामाग्रीहरु गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डले उपलब्ध गराएकोमा खरसाङ ब्राञ्च कमिटी गोरायुमोको तर्फबाट तिनलाई धन्यवाद दिएको सिद्धान्त थापाले बताए। गोरायुमो खरसाङ ब्राञ्च कमिटीका अध्यक्ष संजोक गुरुङको नेतृत्वमा गरिएको सेनिटाइज कार्यमा प्रचार प्रसार सचिव भुपेन गुरुङ, गोरामुमो सोनादा टाउन कमिटीका अध्यक्ष रुस्तम छेत्री साथै टाउन कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *