गोरामुमो-द्वारा दार्जिलिङमा 74औँ स्वतन्त्रता दिवस पालन

दार्जिलिङ : गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय कार्यालय दार्जिलिङमा आज 74 औँ स्वतन्त्रता दिवस पालन गरियो। गोरामुमो दार्जिलिङ ब्राञ्च अध्यक्ष अजय एड्वर्डको प्रमुख उपस्तिथिमा राष्ट्रिय झण्डा उत्तोलन गरेर स्वतन्त्रता दिवस पालन गरियो। कोरोना भाइरसको महामारीलाई ध्यानमा राखेर साधारण रूपमा स्वतन्त्रता दिवस पालन गरिएको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्।


गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीका अध्यक्ष अजय एड्वर्डले राष्ट्रिय झण्डा उत्तोलन गर्नको साथै स्वतन्त्रता संग्रामीहरूले देशलाई स्वाधीन गर्नको निम्ति पुर्‍याएको अमुल्य योगदानको स्मरण गर्दै तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा केन्द्रिय सदस्य वाई लामा, गोरामुमो टाउन कमिटीका प्रतिनिधिहरू, दार्जिलिङ ब्राञ्च कमिटीका प्रतिनिधिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *