गोर्खा 11 जात गोष्ठीलाई जनजातिको मर्यादाबारे सांसद विष्टको मन्त्री अर्जुन मुण्डासित भेटवार्ता

सिलगढी: भारतीय जनता पार्टीले दार्जिलिङ पहाड़, तराई अनि डुवर्सका जनताप्रति आफ्नो सङ्कल्प पत्रमा दिएका वचनहरू पूरा गर्ने दिशामा दार्जिलिङका सांसद राजु विष्टले आफ्नो प्रयास जारी राख्दै छुटेका 11 गोर्खा जात गोष्ठीहरू क्रमैले मगर, नेवार, जोगी, खस, राई, भुजेल, थामी, गुरुङ, सुनुवार, याखा (देवान) र धिमाललाई जनजातिको रूपमा पुन: सामेल गर्नु पर्ने मुद्दाको सम्बन्धमा आज आदिवासी मामिला मन्त्री अर्जुन मुण्डासित भेट गरे। उक्त भेट अवधि यसबारे व्यापक चर्चा गरेको साथै मन्त्री अर्जुन मुण्डाले यस दिशामा सरकारी प्रक्रिया चलिरहेको आफुलाई जानकारी गराएको कुरा सांसद विष्टले जारी विज्ञप्तिमा बताएका छन्। यसको साथै यस प्रक्रियालाई तीव्रता प्रदान गर्ने दिशामा उठाउनु पर्ने आवश्यक कदमबारे मन्त्रीसित भेट अवधि विस्तृत विचार-विमर्श गरेको कुरा तिनले जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *