गोर्खा बेरोजगार प्राथमिक प्रशिक्षित शिक्षक संगठनका प्रतिनिधिहरूद्वारा राज्यपाल धनखडलाई ज्ञापन

दार्जिलिङ : गोर्खा बेरोजगार प्राथमिक प्रशिक्षित शिक्षक संगठन (डीएलएड)-को केन्द्रीय समितिको पहलमा आज पश्चिम बंगालका राज्यपाल जगदीप धनखढसित भेट गरेर एउटा ज्ञापन पत्र चढाइयो। उक्त ज्ञापन पत्रमा जीटीए क्षेत्रमा प्राथमिक, उच्च प्राथमिक अनि हाई स्कुलमा भएको अवैध शिक्षक नियुक्तिबारे विभिन्न तथ्याङ्कहरू उल्लेख गरिएको छ। प्रतिनिधि टोलीमा संगठनका केन्द्रीय समिति अध्यक्ष सुदन गुरुङ, कालेबुङ जिल्ला समिति अध्यक्ष‌ रोमन भुजेल अनि कर्मकित लेप्चा सामले थिए। राष्ट्रिय शिक्षक शिक्षा परिषद्-को अधिनियम अनि शिक्षा अधिकार अधिनियम 2009-को ऐन अनुसार शिक्षक नियुक्ति गरिनु पर्ने माग संगठनले उठाउँदै आएको तर यहाँको  प्रशासनले सरकारी नियम कानुनलाई धलिमली गरेर राजनैतिक हस्तक्षेप, भ्रष्टाचार, धाँधली, भाई भतिजावाद लगायत पार्टीका क्याडरहरूको नाम सूचीमा सामले गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। जीटीए क्षेत्रमा रहेका दुईवटा प्रशिक्षिण केन्द्रबाट उतीर्ण प्रशिक्षित प्रशिक्षिणार्थीहरूलाई शिक्षक नियुक्तिमा अदेखा गरेर राष्ट्रिय संविधान 14 अनि 16 ऐनको सोझै उल्लंघन गरेको आरोप लगाउँदै संगठनको पक्षबाट राज्यपाललाई चढाएको ज्ञापन पत्रमा अवगत गराइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *