गोर्खा च्यारिटेबल हस्पिटलबारे महानदी बजारमा सभा

खरसाङ: खरसाङको महानदी बजारस्थित सेल्फ हेल्प ग्रुप क्लस्टर भवनमा घैयाबारीका को अर्डिनेटर श्रीमति अमृता राई र महानदीका श्रीमति रेनु शेर्पाको सक्रियतयामा गोर्खा च्यारिटेबल हस्पिटलको एउटा जनचेतना मुलक कार्यक्रम सम्पन्न भयो। यस अवसरमा प्रस्तावित गोर्खा च्यारिटेबल हस्पिटल साङ्गठनिक समितिका महासचिव सुरेन प्रधानले  प्रमुख वक्ताको रूपमा बोल्दै गोर्खा च्यारिटेबल हस्पिटल खेल्नुको प्रमुख उद्देश्य तथा औचित्यबारे जानकारी गराए। तिनले बताए अनुसार प्रस्तावित 250 बेडको यो हस्पिटल सालबारी र सुकुनाको बीचमा निर्माण गरिने छ भने सबै बिमारीको उपचार सुलभ मूल्यमा गरिनेछ। यसको साथै हस्पिटलसँगै एउटा भवन निर्माण गरिने छ, जहाँ थोरै खर्चमा बिरामी हेर्न आउने घर परिवारका सदस्य बस्न सक्नेछन्। यस वाहेक हस्पिटलमा सबै प्रकारको जाँचहरु पनि त्यहीं प्रस्तावित हस्पिटलभित्र नै उपलब्ध रहने अनि यो हस्पिटल ट्रस्टद्वारा  सञ्चालन गर्ने परिकल्पना रहेको तिनले बताए। कार्यक्रममा उपस्थित हुने सम्पूर्ण सेल्फ हेल्प ग्रुपका सदस्यहरूले गोर्खा च्यारिटेबल हस्पिटललाई सक्दो सहयोग गर्ने वचन दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *