गोर्खा च्यारिटेबल हस्पिटलबारे जनचेतना कार्यक्रम सम्पन्न

झोलुङ: जलढका बिन्दु नव जागर‌वण सेवा समाजको आयोजनामा गोर्खा च्यारिटेबल सुपर स्पेसेलिस्ट हस्पिटल बिषयमा एउटा जनचेतना कार्यक्रम सम्पन्न भयो। कवि निरबहादुर आच्छमेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोर्खा च्यारिटेबल सुपर स्पेसेलिस्ट हस्पिटलका मुल सचिव सुरेन प्रधान मुख्य वक्ताको रुपमा उपस्थित थिए। यस अवसरमा बिन्दु नव जागर‌ ण सेवा समाजको तर्फबाट समाजको निम्ति आफ्नो बहुमूल्य सेवा पुऱ्याइरहेकोमा सुरेन प्रधानलाई सम्वर्द्धना जनाइयो। यसपछि आफ्नो सम्बोधनमा सुरेन प्रधानले गोर्खा च्यारिटेबल सुपर स्पेसेलिस्ट हस्पिटल निर्माण किन गरिनु पर्ने अनि कति जरूरी छ भन्ने बिषयमा प्रकाश पारे। कार्यक्रममा गैरीबास उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम सुवेदी, प्रणिता जैरू, रोजन छेत्री, ललित मुखिया, फापर खेती लाइफ लाइन सोसियल अर्गनाइजेसनका संस्थापक सुदन सुब्बा, विवेक राई, प्रणय राई, सागर तामाङ, रूपचन्द क्षेत्री, अन्जु प्रधान, पाल्मु तामाङ लगायत स्थानीय बिन्दुवासीहरूको बाक्लो उपस्थिति रहेको थियो। यसैगरी, यस जागरुक कार्यक्रममा थापस‌लङ गैर-सरकारी संस्थाबाट अध्यक्ष बिकाश चाम्लिङ, उपाध्यक्ष हेमन्त राई, सहसचिव सुसन गुरुङ, कोषाध्यक्ष मणिकुमार सुब्बा, बिकाश गुरुङ, सपन राई उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *