गोर्खा च्यारिटेबल हस्पिटलबारे जन चेतना मुलक कार्यक्रम तिनधारेमा सम्पन्न

खरसाङ: तिनधारे चिया बगानको समाज घरमा समाजसेवी सुकुमार बराइलीको अध्यक्षतामा गोर्खा च्यारिटेबल हस्पिटलको एउटा जन चेतनामुलक कार्यक्रम सम्पन्न भयो। सोनाम लामाको सक्रियतामा सम्पन्न कार्यक्रममा गोर्खा च्यारिटेबल हस्पिटल साङ्ठनिक समितिका महासचिव सुरेन प्रधानले प्रमुख वक्ताको रूपमा बोल्दै गोर्खा च्यारिटेबल हस्पिटल खोल्नुको औचित्यबारे जानकारी गराए। तिनले बताए अनुसार 250 वटा पलङ भएको प्रस्तावित हस्पिटल सालबारी र सुकुनाको बीचमा निर्माण गरिने, जसमा सबै बिमारीको उपचार सुलभ मूल्यमा उपलब्ध रहनेछ। यसको साथै हस्पिटलसँगै एउटा भवन निर्माण गरिने जहाँ थोरै खर्चमा बिरामीको घर-परिवार बस्न सक्ने अनि सबै प्रकारको जाँचहरु पनि त्यहीं हस्पिटलमा नै उपलब्ध रहने तिनले जानकारी गराए। प्रस्तावित गोर्खा च्यारिटेबल हस्पिटल ट्रस्टले सञ्चालन गर्ने हुनाले यो हस्पिटलले कहिले पनि व्यवसायिक रुप धारन गर्न नसक्ने र यसको निम्ति सबै तप्काका मानिसहरुको सहयोगको खाँचो रहेको तिनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *