गोर्खा च्यारिटेबल हस्पिटलको जन चेतनामुलक कार्यक्रम घैयाबारीमा

सुकेपोखरी: गोर्खा च्यारिटेबल हस्पिटलको जन चेतनामुलक कार्यक्रम घैयाबारी चिया बगान मन्दिर गाउँ सार्वजनिक भवनमा सम्पन्न भयो। यस अवसरमा सुकुनाका को-अर्डिनेटर दुर्गा शर्मा, ट्रस्ट मेम्बर हरी छेत्रीले गोर्खा च्यारिटेबल हस्पिटलको आवश्यक्ता अनि यसको फाइदाहरूबारे मन्तव्य राखे। यसैगरी, साङ्गठनिक समितिका सचिव सुरेन प्रधानले गोर्खा च्यारिटेबल हस्पिटलको औचित्य विस्तृत रुपमा बताउँदै यो हस्पिटल बनिए पछि क-कस्ता फाइदाहरू हाम्रो साधारण मानिसहरुलाई हुन्छ सोबारे जनाए। गोर्खा च्यारिटेबल हस्पिटलको सोंच सराहनीय रहेको दावी गर्दै सन्जिब भण्डारीले यस क्षेत्रबाट पनि सक्दो सहयोग गर्ने बताए । यस अवसरमा उक्त क्षेत्रबाट 9 जना को-अर्डिनेटर चयन गरियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *