गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतना मूलक कार्यक्रम

दार्जिलिङ: नव कल्याण समिति दार्जिलिङ सिङताम चियाबारी सुभाष ग्रामको संयोजनामा आज गोर्खा च्यारिटेबल हस्पिटलको जनचेतना कार्यक्रम सम्पन्न भयो। श्रीमती निमल देवानको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै गोर्खा च्यारिटेबल हस्पिटल साङठनिक समितिका महासचिव सुरेन प्रधानले गोर्खा च्यारिटेबल हस्पिटलको निर्माण गरिनुको औचित्यबारे विस्तृत रूपमा बताए । आजको हस्पिटलबारे जनचेतना कार्यक्रममा लेबोङका को-अर्डिनेटर शिव छेत्री, सिङलाका को-अर्डिनेटरद्वय डिम्पल राई र पुजा राई, बडा पताबुङका को-अर्डिनेटर करुणा राई र मिना गुरुङ राई, सिङतामका को-अर्डिनेटर डिम्पल राई र पुजा राई, सिङ्तामका को-अर्डिनेटर सरिता राई र बिन्धिया राई उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *