गोर्खा च्यारिटेबल हस्पिटलको जन चेतनामूलक कार्यक्रम सम्पन्न

सिलगढी: हेल्पिङ ह्यान्ड, मित्र संघ अनि संयुक्त सेल्फ हेल्प ग्रुप राङ्ग भाङ्ग ग्राम पञ्चायतको संयुक्त आयोजनामा यहाँको स्कुल भवनमा डीके लिम्बुको अध्यक्षतामा गोर्खा च्यारिटेबल हस्पिटलको एउटा जन चेतनामूलक कार्यक्रम सम्पन्न भयो। आदेश सुब्बाले सञ्चालन गरेको कार्यक्रममा पहिलो वक्ताको रूपमा बोल्दै हेल्पिङ ह्यान्ड्सका अध्यक्ष अजय सुब्बाले स्वागत सम्भाषणसँगै हेल्पिङ ह्याण्ड्स के हो अनि यसले समाजका के-कस्ता व्याक्तिहरुलाई सहयोग गर्छ भन्नेबारे जानकारी गराए। यसैगरीगोर्खा च्यारिटेबल हस्पिटलका साङ्गठनिक समितिका महासचिव सुरेन प्रधानले  गोर्खा च्यारिटेबल हस्पिटलको औचित्य  बताए।  यो प्रस्तावित गोर्खा च्यारिटेबल हस्पिटलमा 250 बेड हुने र यो  सालबारी र सुकुना बीचको ठाउँमा निर्माण गरिने, जसमा सबै बिमारीको उपचार शुलभ मूल्यमा उपलब्ध रहने जानकारी दिए। हस्पिटलसँगै एउटा भवनको पनि निर्माण गरिने जहाँ थोरै खर्चमा बिरामीको घर परिवार बस्न सक्ने अनि सबै प्रकारको जाँचहरु पनि त्यसै हस्पिटलभित्र नै उपलब्ध रहने साथै यो हस्पिटल ट्रस्टले नै सञ्चालन गर्ने भएकोले यो हस्पिटलले कहिले पनि ब्यवसायिक रुप धारण गर्न नसक्ने र यसको निम्ति सबै तप्काका मानिसहरुको सहयोगको खाचो रहेको तिनले बताए। यसपछि प्रतिक्रियाको क्रममा श्रीमती सम्झौता थापाले  यो प्रस्तावित गोर्खा च्यारिटेबल हस्पिटलको परिकल्पना एक्दमै स्वागत योग्य रहेकोले यसको निर्माणको लागि सबैले एकजुट भएर सहयोग गर्नु पर्छ भनी बताइन्। यसरी नै 16 वटा सेल्फ हेल्प ग्रुपका प्रतिनिधिहरुले पनि आ-आफ्नो सकारात्मक मन्तब्य पोख्दै सबैले सक्दो सहयोग गर्ने वचन दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *