गोर्खा च्यारिटेबल हस्पिटलबारे जन चेतनामूलक कार्यक्रम

दार्जिलिङ: बन्स ग्राम चन्द्र उदय संघ भवनमा गोर्खा च्यारिटेबल हस्पिटलको जन चेतनामुलक कार्यक्रम सम्पन्न भयो। सामाजिक दूरीलाई ध्यानमा राखेर गरिएको कार्यक्रममा प्रमुख वक्ताको रूपमा गोर्खा च्यारिटेबल हस्पिटल साङ्गठनिक समितिका महासचिव सुरेन प्रधानले गोर्खा च्यारिटेबल हस्पिटलबारे विस्तृत रूपमा जानकारी गराए। गोर्खा च्यारिटेबल अस्पतालमा 250 बेड बनाइने साथै उक्त अस्पताल सालबारी र सुकुनाको माझमा निर्माण गरिने तिनले जानकारी दिए। उक्त अस्पतालमा सबै विभागका डाक्टरहरू उपलब्ध रहने, यहाँ सबै प्रकारका रोगीहरूको उपचार गरिने साथै रोगीहरूको आफन्त बस्नको निम्ति कम खर्चमा भवन पनि उपलब्ध गराइने तिनले बताए।  कुनै पनि रोगीहरूलाई सिलगढी उपचारको निम्ति लैजान परेको खण्डमा गोर्खा च्यारिटेबल हस्पिटलको हेल्प लाइनमा सम्पर्क गर्ने तिनले सबैसित अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *