गोर्खा एकता चालक संगठनद्वारा सिङ्गतामका चालकहरूलाई खाद्य सामग्री वितरण

दार्जिलिङ : गोरामुमो दार्जिलिङ शाखा अध्यक्ष अजय एड्वर्डको सहयोगमा गोर्खा एकता चालक संगठनले सिङ्गतामका चालकहरूलाई राहत खाद्य सामग्री वितरण गर्यो। संगठनका महासचिव भरत तिरुवाले दिएको जानकारी अनुसार सिङ्गतामका मोठ 70 जना चालक दाज्युभाईहरूका परिवारहरूलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरियो। हाल कोरोना महामारीको कारण चालक दाज्युभाईहरूलाई निक्कै असुविधा भइरहेकोले गर्दा तिनीहरूको समस्या केही हदसम्म समाधान होस् भन्ने उद्देश्य लिएर नै गोर्खा एकता चालक संगठनले एड्वर्ड फाउण्डेसनको सहयोगमा राहत सामाग्री वितरण गरेको हो। अर्कोतिर, राहत सामग्री प्रदान गरेर सहयोग गरेकोमा अजय एड्वर्ड फाउण्डेसनलाई संगठनको तर्फबाट तिनले आभार व्यक्त गरेका छन्। यस राहत वितरण कार्यमा संगठनका अध्यक्ष सागर राई, सिङ्गताम चालक संगठनका सभापति विशाल राईको विशेष उपस्तिथि रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *