गोर्खाहरूको अस्मिताको निम्ति गोर्खा नेशनल एसेम्बली जरूरी: सतिश पोख्रेल

बिजनबारी: भारतभरि छरिएर बसेका गोर्खाहरुको अस्तित्वको निम्ति गोर्खा नेशनल एसेम्बली भनेको गोर्खा जनमुक्ति मोर्चा उपाध्यक्ष सतिश पोख्रेल बताए। तिनले भने, हालसम्म गोर्खाहरुको अस्तित्वमा प्रश्नचिन्ह लागेको छ तथा केन्द्रमा रहेको सरकारले गोर्खाल्यान्ड दिनेबारे कुनै कदम उठाएको छैन यो अत्यन्तै सोंचको विषय हो। हालसम्म भाजपाले गोर्खाहरुलाई भोटको मेशिनको रूपमा मात्र प्रयोग गरेको पोख्रेलले आरोप लगाउँदै अर्कोतिर राज्य सरकारले गोर्खाहरुको चिन्हारीको निम्ति काम गर्ने वचन दिएको तिनले दावी गरे।  पहाडका बुद्धिजीवी तथा शिक्षित जमातहरुलाई लिएर गोजमुमो पार्टी अध्यक्ष विनय तामाङले गोर्खा नेशनल एसेम्बलीको निर्माण माग गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *