गोर्खाहरूलाई विदेशीको लाञ्छना लगाउने समूहको गोरामुमो मङपू युनिटद्वारा विरोध

मङपू : हालै सिलगढीमा गोर्खाहरूलाई विदेशीको लाञ्छना लगाउने समूहको गोरामुमो केन्द्रिय समिति  युवा प्रवक्ता प्रवेश राई अनि गोरोमुमो मङपू युनिटले घोर प्रतिवाद जनाएको छ। आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर गोरामुमो मङपू युनिटले गोर्खा विरुद्ध दिएको बयानको प्रतिवाद जनाएको हो। गोर्खाहरूलाई यसरी बारम्बार विदेशीको लाञ्छना लगाउने गरेकोमा गोरामुमो मङपू युनिटले घोर आपत्ति जनाउँदै उक्त बयानको भत्सर्ना जनाएको छ। आजको प्रेस भेलामा गोरामुमो मङपू युनिट सभापति कैलाश पाख्रीन, सचिव रितेश पाख्रीन, उपसभापति डीबी राई, गोरामुमो खरसाङ ब्राञ्च सदस्य आरबी प्रधान तथा पार्टी समष्टि प्रवक्ता मिलन शेर्पा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *