गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको नयाँ कमिटी गठन

मिरिक: मिरिक महकुमा अन्तर्गत 26 नम्बर समष्टि सुकना पानीघट्टा एक-मा गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको एउटा बैठक सम्पन्न भयो। विद्यार्थी मोर्चा संयोजक सङ्गम प्रधानको अध्यक्षतामा सम्पन्न सभामा सुकना पानीघट्टा समष्टी एक विद्यार्थी मोर्चा कमिटी गठन गरियो। यस अवसरमा 26 नम्बर समष्टि सभापति रमेश श्रेष्ठ, सचिव विक्रम छेत्री, केन्द्रिय सदस्य डङ्कन गुरुङ, मिरिक नारी मोर्चा नेत्री बबिता प्रधान साथै विद्यार्थी मोर्चा खरसाङका सचिव आदिको उपस्थिति रहेको थियो। विद्यार्थी मोर्चा कमिटीमा अध्यक्ष सुनिल मगर, सचिव अदिप नायक, सह-सचिव सञ्जु प्रधान लगायत सल्लाहकारहरू विक्रम छेत्री, कञ्चन छेत्री, उत्तम सुब्बा, रोहन उरु, दिपुल नायक, दिवस तुर्के, अर्जुन रोका, बिशान्त गौर र विवेक रसाइली चयन भएका छन्। सभालाई विशेष गरेर सुकना पानीघट्टा समष्टि सभापति रमेश श्रेष्ठ, विद्यार्थी मोर्चा चीफ को-अर्डिनेटर सङ्गम प्रधान, गोजमुमो केन्द्रिय सदस्य डङ्कन गुरुङ, विद्यार्थी मोर्चाका  अर्पन राई आदिले सम्बोधन गरे । सभामा संयोजक सङ्गम प्रधानले विभिन्न ठाउँबाट भेला भएका विद्यार्थी मोर्चाका सदस्यहरुलाई आन्तरिक हृदयदेखि धन्यवाद दिँदै आउँदो दिनहरुमा सबै एक जुट भएर विद्यार्थीहरुको हित साथै शिक्षा क्षेत्रमा काम गर्ने अपिल गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *