गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको गोरुबथान कलेज युनिट गठन

गोरूबथान: गोर्खा जनमुक्ति मोर्चा 43 नम्बर समष्टि गोरुबथानको तत्वावधानमा यहाँको अस्थायी पार्टी कार्यालयमा केन्द्रीय समिति सदस्य तथा 43 नम्बर समष्टि संयोजक जुरन राईको सभापतित्वमा गोर्खा जनमुक्ति विद्यार्थी मोर्चाको सभा सम्पन्न भयो। विद्यार्थी मोर्चा केन्द्रीय समिति प्रवक्ता दिपेन्द्र गुरुङले सञ्चालन गरेको सभामा गोरुबथान सरकारी महाविद्यालयमा गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा कलेज युनिट गठन गरियो । उक्त सभामा 43 नम्बर समष्टि 2-का संयोजक चन्द्र योञ्जन, सभापति समष्टि 1 सुरेश चौधरी, सचिव भरत राई, विद्यार्थी मोर्चा केन्द्रीय समिति प्रवक्ता दिपेन्द्र गुरुङ, सभापति गोरुबथान महकुमा समिति कुन्दन प्रधान लगायत नारी मोर्चा, युवा मोर्चाका पदाधिकारीगण अनि सदस्यहरूको विशेष उपस्थिति रहेको थियो।


गोरुबथान सरकारी महाविद्यालयका विद्यार्थीहरुको उपस्थितिमा गठन गरिएको गोरुबथान कलेज युनिट गोर्खा जनमुक्ति विद्यार्थी मोर्चामा सभापति कुन्तल क्षेत्री, उपसभापति सन्दीप क्षत्री, महासचिव दिपेश क्षेत्री, सहसचिव  पुजन क्षेत्री, अमिसा क्षेत्री, कोषाध्यक्ष रुपेन क्षेत्री, प्रवक्ता आकाशदीप राई, र सहदेव तामाङ लगायत कार्यकारी सदस्यहरू अनुराज मुण्डा, प्रशान्त राई, दिलकुमार प्रधान, रक्षा प्रधान, बिजय राई, अतिप तामाङ, रोमिका राई, सुदर्शन राई दास,अशेष राई, बिनु प्रधान, जन्सन बेग, बारुक मुण्डालाई चयन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *