गोर्खा जनमुक्ति नारी मोर्चाको खरसाङमा सभा

खरसाङ : गोजमुमो केन्द्रीय नारी मोर्चाको तत्वावधानमा आज खरसाङमा एउटा साङ्गठनिक सभा सम्पन्न गरियो। शकुन लामाको अध्यक्षतामा सम्पन्न सभामा नारी मोर्चा को-अर्डिनेटर मिस उर्मिला रुम्बा, कोषाध्यक्ष शशी डोमा राई, सबिता लेप्चा, सुष्मा गुरूङ, शान्ता थापा लगायत खरसाङ सव डिभिजन सभानेत्री शान्ति राई, सह सचिव सुजाता लामा, खरसाङ टाउन कमिटीका अध्यक्ष सकुन लामा, सचिव शोभा छेत्री साथै विभिन्न समष्टिका नारी मोर्चाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सङ्गठनलाई अझ दह्रिलो बनाउन, नारीहरूलाई सशक्त अनि आत्मनिर्भर बनाउनको लागि के-कस्ता योजनाहरु बनाएर अघि बढ्नु पर्ने भन्ने बिषयमा आजको सभामा व्यापक चर्चा-परिचर्चा गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *