गोर्खा जनमुक्ति नारी (शक्ति) मोर्चा दार्जिलिङ महकुमा समितिको सभा

दार्जिलिङ : गोर्खा जनमुक्ति नारी(शक्ति) मोर्चा दार्जिलिङ महकुमा समितिको सभा दार्जिलिङ जिल्लाको पातलेबास पार्टी कार्यालयमा अध्यक्ष बिमल गुरूङको उपस्थितिमा सम्पन्न भयो। दार्जिलिङ महकुमा समिति गोर्खा जनमुक्ति नारी(शक्ति) मोर्चा सहसचिव सुश्री प्रभा लामाद्वारा सञ्चालन गरेको सभामा नारी मोर्चाका सम्पूर्ण सदस्यहरूलाई अध्यक्ष बिमल गुरूङलाई परिचित गराउनको साथै केही सदस्यहरू निष्क्रिय रहेकोबारे अवगत गराए। सभामा विभिन्न विषयमा छलफल गरेपछि अध्यक्ष गुरूङले संगठनलाई सुचारू रूपले चलाउने साथै अझ बलियो बनाउन धेरै दिशा निर्देशहरू जारी गरे। तिनको दिशा निर्देश अनुसार विभिन्न समष्टि, शाखा-प्रशाखा परिभ्रमण गर्न पाँचवटा टोली लगायत सामाजिक सञ्जालमा विभिन्न क्रिया प्रतिक्रिया दिनको लागि एउटा टोली गठन गरिएको बताइएको छ। उक्त सभामा नारी मोर्चाको शीर्ष नेतृत्व लगायत उपाध्यक्ष श्रीमती अंगिता गुरुङ, श्रीमती रञ्जना राई, कोषाध्यक्षद्वय श्रीमती सर्वदा प्रधान, श्रीमती अनुष्का प्रधान आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *