दार्जिलिङ : पहाडको राजनैतिक भविष्यलाई सुनिश्चित दिशातिर अघि बढाउन गोर्खा जनमुक्ति मोर्चा मात्र एउटा मुद्दा केन्द्रित राजनैतिक दल रहेको बताउँदै दार्जिलिङ तकभर समष्टिका युवाहरुले समष्टि युवा मोर्चाको संगठनलाई दह्रिलो बनाउन समष्टि कमिटी गठन गऱ्यो। अध्यक्ष बिमल गुरुङसँग सिंहमारी पार्टी मुख्यालयमा आज बसेको समष्टि युवा मोर्चाको सभामा सबैको सहमतिमा पूर्ण रुपमा युवा मोर्चा कमिटी गठन गरियो। जसमा अध्यक्ष बिजय मंगर, उपाध्यक्ष सन्दिप राई, अजित थामी, मूल सचिव प्रितम राई, सह सचिव: बिशु गुरुङ, रोदन राई, साङ्गठनिक सचिव उमेश तामाङ,प्रवक्ता: सियोन बम्जन र रुबेन थापा, मिडिया सेल चमन तामाङ र नितेश मुखिया, कोषाध्यक्ष सुयोक राई, सल्लाहकार सुरज राई, सचिन गुरुङ, रञ्जित राई सहित 42 जना कार्यकारिणी सदस्यहरू रहेको समष्टि युवा मोर्चा कमिटीमा छनौट गरिएको छ। सभामा नव-निर्वाचित प्रतिनिधिहरु लगायत पार्टी केन्द्रीय समिति साङ्गठनिक सचिव दिपेन माले, ट्रेड युनियन डीटीडीपीएलयु अध्यक्ष सुरज सुब्बा, केन्द्रीय समिति सदस्य बिनोद गुरुङ लगायत अन्य पार्टी प्रतिनिधिहरु उपस्थित थिए।
