गोर्खा जन पुस्तकालयद्वारा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती श्रद्धाञ्जलि कार्यक्रमको रूपमा मनाउने

खरसाङ : गोर्खा जन पुस्तकालयले विगत कैयौं वर्षदेखि अनवरत रूपमा मनाउँदै आइरहेको आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती कोरोना महामारीको समयमा जारी आंशिक लकडाउनले गर्दा श्रद्धाञ्जलि कार्यक्रमको रूपमा स्थानीय गोर्खा जातीय विभूति उद्यानमा आगामी 13 जुलाईको दिन पूर्वान्ह 10 बजीदेखि पालन गर्ने तय गरेको छ। सामान्य र छोटो रूपमा पालन गरिने यस कार्यक्रममा सरकारी निर्देश र मापदण्डलाई ध्यानमा राखेर कसैलाई पनि औपचारिक निमन्त्रणा पत्र नपठाइए तापनि भाषा र साहित्यलाई माया गरेर आदिकवि भानुभक्तलाई श्रद्धा सुमन अर्पण गर्न चाहनुहुने शुभचिन्तक र सदस्यहरूलाई कोरोनाको सबै नियमहरू पालन गर्दै आत्मसात गरेर उपस्थित भइदिने गोर्खा जनपुस्तकालयको तर्फबाट मूल सचिव विनोद रसाईलीले अपील गरेका छन्। तिनले आजको समृद्ध नेपाली भाषा र साहित्यलाई जनमानसमा मोह जगाएर यहाँसम्म ल्याउनमा भानुभक्तको रामायणको भूमिका अग्रणीय छ भन्दै तिनको अमूल्य योगदानलाई कदर गर्दै विगत कैयौं दशकदेखि भानुजयन्तीलाई एउटा विशेष सांस्कृतिक पर्वको रूपमा भव्यताको साथमा पालन गर्दै आइरहेको गोर्खा जनपुस्तकालयसँग एउटा गौरवमय इतिहास छ तर यसपाली पुस्तकालयले  कोरोना महामारीलाई ध्यानमा राखेर सामाजिक दूरत्व, मास्क र सेनिटाइजर जस्ता आवश्यक र आधारभूत मापदण्डहरूलाई अनिवार्य रूपमा पालन गर्ने सबैलाई आह्वान गर्दै भानु जयन्ती पालन गर्ने भएको छ। उक्त भानु जयन्ती कार्यक्रम खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा बिहान 10 बजीदेखि हुने भएकोले स्थानीय साहित्यनुरागीहरूलाई उपस्थित भइदिने पनि पुस्तकालयको मूल सचिव विनोद रसाईलीले निवेदन गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *