गोर्खा जनपुस्तकालयद्वारा विगत 90 वर्षदेखि गरिरहेको दुर्गा पूजा यसपाली पनि सम्पन्न

खरसाङ: भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जनपुस्तकालय खरसाङद्वारा यसपाली पनि दुर्गा पूजाको आयोजना गर्यो।  पुस्तकालयले विगत 90 वर्षदेखि लगातार रूपमा दुर्गा पूजा गोर्खा सांस्कृतिक पर्वको रूपमा पालन गर्दै आइरहेको छ। यस वर्ष पनि पुस्तकालयद्वारा कोरेनाको सबै नियमहरूलाई पालन गर्दै 91औँ दुर्गा पूजा आयोजना गरेको छ। उक्त पूजा गत 7 अक्टोबरको घट स्थापनादेखि शुरू भएर नवमीको दिन आगामी 14 अक्टोबरसम्म नौ दिवसीय रूपमा चल्ने भएको छ। गोर्खा परम्परा अनुसार षष्ठीको दिन पुस्तकालयद्वारा खडक पूजाको रूपमा पनि पालन गर्ने गर्छद। पुस्तकालयमा पूर्वजहरूले पूजा गर्दै आएको 91 वर्ष पुगेको र विगत 80 को दशकदेखि खरसाङलाई नै प्रतिनिधित्त्व गर्दै गोर्खा परम्परा अनुसार दुर्गा पूजा गर्दै आएको पनि जानकारी प्राप्त भएको छ। सन् 1989 देखि उक्त दुर्गा पूजालाई पण्डित तुलसी अधिकारीले पूजा गर्दै आएको र यो पूजाको माध्यमबाट गोर्खा जनपुस्तकालयले गोर्खा समाजको मात्र होइन तर खरसाङलाई नै एकतामा बाँध्ने काम गरेको पुस्तकालयका पूर्व सभापति तिलक शर्माले बताए। तिनले विगत वर्षदेखि पश्चिम बंगाल सरकारको तर्फबाट पनि पूजाको लागि अनुदान प्रदान गर्दै आएको तर दार्जिलिङ पुलिसद्वारा निकालेको पूजाको म्यापमा गोर्खा जनपुस्तकालयको पूजा नहुनुमा खेद प्रकट गर्दछौं भनी बताए। शर्माले म्यापमा पुस्तकालयको पूजा नहुनुमा इच्छाकृत भएको हो भने भर्त्सना गर्दछौं र अनाच्छाकृत हो भने आगामी वर्षदेखि यो भूल संशोधन गरियोस् भनी बताउँदै तिनले पुस्ताकालयको पक्षबाट सबैलाई बड़ा दसैँ र तिहारको शुभकामना पनि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *