गोर्खा जनपुस्ताकालय खरसाङको तर्फबाट हरिप्रसाद छेत्रीको निधनमा शोक समवेदना पत्र प्रदान

तीनधारे (निसं): भारतीय गोर्खाहरूको सबैभन्दा पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जन पुस्ताकालय खरसाङको एउटा टोलीले तीनधारेस्थित स्व. हरिप्रसाद छेत्रीको घरमा पुगेर शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गऱ्यो। उक्त टोलीमा संस्थाको वरिष्ठ सदस्य एवम् समाजसेवी तिलक शर्मा, पूर्व सभापति रबीनकुमार प्रधान, उपाध्यक्ष प्रकाश प्रधान, मूल सचिव विनोद रसाइली, कार्यकारी सदस्य कृष्ण पाण्डे, सदस्य हनोक थापा आदि उपस्थित थिए। उक्त टोलीले तीनधारेको गोलाई पाखास्थित निजी वासस्थानमा पुगेर हरिप्रसाद छेत्रीको निधनमा श्रद्धाञ्जलि अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गर्दै समवेदना पत्र हस्तान्तरण गरेको छ। गोर्खा जनपुस्ताकालय खरसाङको समवेदना पत्र मूल सचिव विनोद रसाइलीले पठन गरेर शोकित परिवारका सदस्यहरूलाई सुनाए। स्मरण रहोस, स्व. हरिप्रसाद छेत्री गोर्खा जनपुस्ताकालय खरसाङको आजीवन सदस्य थिए। पुस्तकालयप्रति र समाजप्रति हरिप्रसाद छेत्रीले दिएको योगदानलाई कदर गर्दै पुस्तकालयको टोलीले शोकित परिवारसित भेट गरेर शोक समवेदना प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *