गोर्खा जन पुस्तकालय खरसाङले चन्द्रिका पुरस्कार, पुस्तक लोकार्पण र शैक्षिक पुरस्कार समारोह आयोजना गर्ने

खरसाङ : गोर्खा जन पुस्तकालय खरसाङले चन्द्रिका पुरस्कार अलङ्करण, चन्द्रिका पत्रिका लोकार्पण र शैक्षिक योग्यता र प्रतिभा पुरस्कार अलङ्करण समारोह आयोजना गर्ने भएको छ। गोर्खा जनपुस्तकालय खरसाङमा पुस्तकालयको मूल सचिव विनोद रसाइलीले पत्रकारहरूसित बोल्दै पुस्तकालयले वार्षिक रुपमा शैक्षिक पुरस्कारहरू प्रदान गर्ने गर्दछ भने चन्द्रिका पुरस्कार र नन्दहरि नगेन्द्र पुरस्कार दुई वर्षमा एक एक वर्षमा गरेर प्रदान गर्ने गरिन्छ । यो कार्यक्रम विगत अगस्त महिनामा नै गरिने भएपनि यसपाली कोरोना भाइरसको कारणले हुन नसकेको र यो कार्यक्रम आगामी 6 दिसम्बरमा आयोजना गरिने जानकारी गराएका छन्। तिनले बताए अनुसार यसपाली चन्द्रिका पुरस्कार वरिष्ठ साहित्यकार नरबहादुर दाहाललाई प्रदान गरिने भएको छ । उक्त चन्द्रिका पुरस्कार योभन्दा अघि  वरिष्ठ कवि नोरज्याङ स्याङ्देन अनि हायमन दास राई किराँतलाई प्रदान गरिसकेको छ । त्यसरी नै गोर्खा जन पुस्तकालयको मुख पत्र चन्द्रिका’-को एघारौं अंक चन्द्रिका शत् वार्षिकी विशेषाङ्कको रुपमा डा. कविता लामाको सम्पादनमा 6 दिसम्बरकै दिन लोकार्पण गरिने भएको छ। त्यसरी नै शैक्षिक योग्यता प्रतिभा पुरस्कार खरसाङ महकुमा स्तरीय माध्यमिक परीक्षामा गणित, जीव विज्ञान र नेपालीमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गरिन्छ भने उच्च माध्यमिक परीक्षामा नेपाली भाषामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी साथै उत्तर बंगाल विश्वविद्यालयबाट स्नातक परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई शैक्षिक पुरस्कारहरू प्रदान गर्ने गरिन्छ। यस पालीदेखि खरसाङ महाविद्यालयमा स्नातकोत्तरमा नेपाली भाषामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि यो पुरस्कार प्रदान गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes