गोर्खा जनपुस्तकालय खरसाङको 109औं स्थापना दिवस पालन

खरसाङ : गोर्खा जनपुस्तकालय खरसाङको 109 औं स्थापना दिवस औपचारिक रूपमा गोर्खा जनपुस्तकालयका अध्यक्ष पूर्ण गुरूङको अध्यक्षतामा सम्पन्न भयो। कोरोना महामारीको समयमा विशेष गरेर यस कार्यक्रमलाई हिजो श्रद्धाञ्जली कार्यक्रमको रूपमा मनाइयो। यस अवसरमा हालै दिवङ्गत भएका गोजपुका आजीवन सदस्य साथै भूतपूर्व कोषाध्यक्षको आकस्मिक निधन भएकोमा दुःख व्यक्त गरिेयो। यसै क्रममा सचिव विनोद रसाइलीले दिवङ्गतहरूको नाम पढेर सुनाए फचि तिनीहरूको स्मरणमा एक मिनटको मौन धारण गर्दै 108 बत्ती बालेर भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो । पण्डित अनि कार्यकारिणी सदस्य पुरूषोत्तम अधिकारीले मन्त्रको जप गरे। 


स्थापना दिवसको विषयमा तिलक शर्माले आफ्नो सम्बोधनमा  गोजपु-को भवन तयार भएपछि सन् 1990 मा उद्घाटन गरेपछि अर्को वर्ष सन् 1991 देखि स्थापना दिवस मनाउन शुरू गरेको जानकारी दिँदै 25 वर्ष पुगेका सदस्यहरूलाई त्यसै सालदेखि सम्मान जनाइने प्रथा शुरू गरेको तिनले बताए। कार्यक्रममा अध्यक्ष पूर्ण गुरूङ निरूपण, सचिव विनोद रसाइली, उपसभापति प्रकाश प्रधान, उपसभापति ऋषि राई तिलक शर्मा, रविन कुमार प्रधान, महेश प्रधानअदिप रोका, अरूण लामाकृष्ण पाण्डे, पासाङ लकी शेर्पागोमा सुब्बा, पुरूषोतम अधिकारीशिशुपाल शर्मा आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *