गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा नि:शुल्क मधुमेह रोग जाँच शिविर

खरसाङ (निसं) : गोर्खा  जन पुस्तकालय खरसाङको पहलमा आज मधुमेह रोग जाँच नि:शुल्क शिविरको आयोजना गरियो। गोर्खा जन पुस्तकालयको पारसमणि प्रधान प्रेक्षागृहमा सम्पन्न चेन्नईका प्रतिष्ठित संस्थान डा. मोहन्स मधुमेह रोग विशेषज्ञ केन्द्रको सिलगढी शाखाद्वारा नि:शुल्क मधुमेह रोग परीक्षण शिविरको आयोजना गरियो। यस केन्द्रका प्रमुख शरण कुमार छेत्री थिए भने मधुमेह रोग विशेषज्ञ डा. मनोदीप अनि डा. अन्यान्य दास डायेटिसियन तथा  तिनीहरूका सहयोगी रणोजित घोषले मधुमेह रोगीहरूको जाँच गरे। गोर्खा जनपुस्तकालयका अध्यक्ष पूर्ण गुरुङ निरुपण-को अध्यक्षतामा शुरु गरिएको यस कार्यक्रममा डा. मनोदीप आचार्यसहित तिनका सहयोगीहरूलाई सचिव विनोद रसाइलीले मञ्चमा स्वागत गरेर खदा लगाइदिए भने सभापति तथा अतिथिहरूको बाहुलीबाट धुपदीप प्रज्ज्वलन गरियो। आजको यस शिविरमा खरसाङ सहरबाहेक अन्य स्थानहरूबाट प्राय: 70 भन्दा अधिक मानिसहरूले मधुमेह रोगको जाँच गरे। आजको यस कार्यक्रमलाई सफल पारिदिएकोमा चेन्नईका प्रतिष्ठित संस्थान डा. मोहन्स मधुमेह रोग विशेषज्ञ केन्द्रको सिलगढी शाखालाई पुस्तकालयले सम्मान जनाउँदै स्मृति चिन्ह प्रदान गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *